२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वीपी प्रतिष्ठानमा विरोध प्रर्दशन


0
Shares

सुनसरी, साउन २८ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरोध प्रर्दशन भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु अस्पतालको ओपीडी सेवा बन्द गरेर काठमाडौं गएपछि बुधबार पनि काँग्रेस भातृ संगठन नेपाल तरुण दल, नेविसंघ र महिलासंघले प्रतिष्ठान हाताभित्र विरोध प्रदर्शन गरेका छन् ।

कोरोना संक्रमितको उपचारमासमेत ध्यान नदिई प्रतिष्ठानका उपकुलपती डाक्टर ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डाक्टर गुरु खनाल, रजिष्ट्रार डाक्टर मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साह शुक्रवार हुने सिनेट बैठकका लागि काठमाडौं पुगेका हुन् ।

प्रतिष्ठानका पदाधिकारीहरुले कोभिड अस्पताल संचालन नगरेको र कोरोना संक्रमितलाई भर्ना नगरी चरम लापरवाही गरेकाले आन्दोलनमा उत्रनु परेको तरुणदल धरानका अध्यक्ष हिमाल श्रेष्ठले बताउनु भयो ।

प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

मंगलबार प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा ताला लगाउना साथ प्रहरीले फोरेपछि प्रर्दशनकारीहरु बुधबार पुनःताला लगाउन प्रतिष्ठान गएका थिए ।