१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेची नगरपालिकामा निषेधाज्ञा


0
Shares

झापा, साउन २८ । झापाको मेची नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय भएको नगरप्रमुख बिमल आचार्यले बताउनुभयो ।

नगरपालिकामा अत्यावश्यक सेवाबाहेक बुधबार राति १२ वजेदेखि भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय भएको बताइएको छ ।

झापामा बुधबार एकजना स्वास्थ्यकर्मीसहित थप सात जनामा संक्रमण देखिएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय १८ पुगेको छ भने ३ सय ५५ जना डिस्चार्ज भएका छन् ।