
काठमाडौं, साउन २९ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ ।
कोरोनाबाट संक्रमित पूर्वराष्ट्रपति मुखर्जीलाई कोमामा राखिएको अस्पतालले जनाएको हो ।
नयाँदिल्लीस्थित उहाँको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले मुखर्जीलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि अस्पतालले उहाँको अवस्था स्थिर रहेको जनाएको छ ।
गत सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिनुभएका उहाँको मस्तिष्कको शल्यक्रियासमेत गरिएको थियो ।
गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिँदै एक साता यता आफ्ना सम्पर्कमा आएकाहरुलाई परीक्षण र आइसोलेशनमा रहन आग्रह गर्नुभएको थियो ।
एकाएक मृत्युसम्बन्धि हल्ला फैलिएपछि उहाँको परिवारले यस्ता गलत समाचारको विश्वास नगर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्