१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरका तीन नगरपालिकामा निषेधाज्ञा


0
Shares

उदयपुर, साउन २९ । उदयपुरका तीन नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

समुदायस्तरमै कोरोना भाइरसको संक्रमण बढेको भन्दै उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका सबै क्षेत्रहरुमा मंंलबारदेखि १२ दिनसम्म निषेधाज्ञा जारी गरिएको हो ।

गएको बुधबार जिल्लास्थित मालपोत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा संक्रमण भेटिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय उदयपुरले भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।

औषधी उपचार, खाद्यवस्तु खरीद, आफ्नो खेतबारीमा कृषि कार्यजस्ता अत्यावश्यक कामबाहेक कोही पनि बाहिर ननिस्कनु भनिएको छ ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, शववाहन, पेट्रोलियम पदार्थका गाडी, सुरक्षा तथा स्वास्थ्यकर्मीका बाहेक अन्य निजी सार्र्वजानिक तथा मालबाहक गाडी सञ्चालनमा रोक लगाइएको छ ।