२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जामा खानेपानीको हाहाकार


13
Shares

स्याङ्जा, साउन २९ । स्याङ्जाको पुतलीबजार नगरपालिका– १ प्रगतिनगरमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ ।

पहिरोले पाइपलाइन क्षतिग्रस्त बनाएपछि खानेपानीको जोहो गर्न स्थानीयलाई सास्ती भएको छ ।

पुलतीबजार नगरपालिका– २ को कालाखोला क्षेत्रबाट ल्याएको पानीको पाइपलाइन पहिरोले पुरिएको स्याङ्जा बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताउनुभयो ।

पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल मर्मत गर्न नसकिएको समितिले जनाएको छ ।