
अर्घाखाँची, साउन २९ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको साना शहरी खानेपानी तथा सरसफाई मुल संस्थाले खानेपानीको न्यूनतम शुल्क घटाउने भएको छ ।
हाल १७ सय ६१ घर धुरीले प्रयोग गर्दै आएको खानेपानीको न्यूनतम शुल्क घटाउने संस्थाले निर्णय गरेको हो ।
नौलापानी राटटारी पानी आपूर्ति गर्ने कार्य सञ्चालनमा ल्याएकाले भाद्र १ गतेदेखि लागु हुने गरी साबिकको न्यूनतम महशुल ३ सय २० रुपैयाँलाई घटाएर २ सय ५० रुपैयाँ कायम गर्ने निर्णय गरेको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्