१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


न्यूजील्यान्डकोे अकल्यान्डमा पुनः लकडाउन गरिएको भोलिपल्ट १४ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, साउन २९ । न्यूजील्यान्डको सबैभन्दा ठूलो शहर अकल्यान्डमा पुनः लकडाउन गरिएको भोलिपल्ट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन महिनासम्म न्यूजील्यान्डमा स्थानीय रूपमा संक्रमण देखिएको थिएन तर केही दिनअघि एउटै परिवारमा चार सङ्क्रमित फेला परेको थियो ।

अहिले भेटिएका सङ्क्रमितमध्ये १३ जनाको सम्बन्ध उक्त परिवारसँग भएको बताइएको छ ।

अर्का व्यक्ति विदेशबाट फर्किएर क्वारन्टिनमा बसेका थिए ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले विद्यमान परिस्थितिको गम्भीरता बुझ्न सक्ने भन्दै परिस्थितिको अविलम्ब तर संयमित र विधिवपूर्वक सामना गरिने बताउनुभयो ।

अहिले फेरि अकल्यान्डमा हिँडडुल गर्न कडा प्रतिबन्ध लगाइएको छ भने देशभरि नै सामाजिक दूरीका उपाय अवलम्बन गर्न भनिएको छ ।

कोरोना महामारी नियन्त्रणमा न्यूजील्यान्डले चालेको कदमको विश्वभर प्रशंसा हुने गरेको छ । (एजेन्सी)