२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो


0
Shares

काठमाडौं, साउन २९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५ वर्षीय पुरुष, धनुषा मिथिलाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङ्ग विराटनगरका ५७ वर्षीय पुरुष हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय २५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको हो ।

हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक सय ९ जनामात्र संक्रमणमुक्त भएका छन् ।

योसंगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ ।

८ हजार २५ जना आइसोलेसनमा रहेका छन् ।

१४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेकामध्ये चार सय ६६ जना होम क्वारेन्टिनमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.29

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.29#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, August 13, 2020