१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खेलाडीहरुको कोरोना रिपोर्ट नेगेटिभ


0
Shares

काठमाडौं, साउन २९ । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

लगनखेल स्थित पाटन अस्पतालमा गत सोमबार र मंगलबार स्वाब संकलन गरेका ३४ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।

यस्तै प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

कोरोना परिक्षण गरिएको ५४ मध्ये एक जनाको भने पुन परिक्षण गर्नु पर्ने एन्फाले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने तालिका थियो ।

तर एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट खेल अगामी २०२१ सम्म नहुने सूचना जारी गर्दा टोलीको प्रशिक्षण सुरु नभई स्थगित भएको छ ।

उपत्यका भन्दा बाहिरबाट आएर होटलमा बसेका सबै खेलाडी आज घर फर्किएका छन् ।

विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले अर्को सूचना प्रकाशित नहुने समयसम्मका लागि प्रशिक्षण स्थगित गरिसकेको छ ।