२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रदेश १ मा थप ११३ जनामा कोरोना पुष्टि


0
Shares

विराटनगर, साउन २९ । प्रदेश १ मा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ६० जना मोरङको विराटनगर महानगरपालिकाका छन् ।

महानगरपालिका भित्रका ३८ पुरूष र २२ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको छ ।