
काठमाडौं, साउन २९ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि पसलहरु धमाधम बन्द हुन थालेका छन् ।
वडा कार्यालयहरुले संक्रमण भयावह हुन नदिन अत्यावश्यकबाहेक सबै पसलहरु बिहान र बेलुका मात्र सञ्चालन गर्न सूचना टास्न थालेका छन् ।
केही व्यापारीले भने बिहान र बेलुका मात्रै पसल खोल्न थालेका छन् ।
नेपाल फलफूल थोक व्यवसायी संघले अर्को सूचना जारी नभएसम्म कालिमाटीस्थित फलफूल बजार बिहान नौ बजेसम्म खोल्ने जनाएको छ ।
यस्तै, कालीमाटीको कृषक बजारसमेत बन्द गरिएको छ । उता मालपोत कार्यालयमा समेत अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै आजबाट भदौ १५ गतेसम्मका लागि सेवा बन्द गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्