
काठमाडौं, साउन २९ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमित भेटिएपछि वडा बिहीबार सिल गरेको छ ।
वडामा कोरोनाको भयावह स्थित आउन नदिन वडा सिल गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।
कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरू, बल्खु र लाम्पाटी क्षेत्रमा पनि संक्रमित देखिएको कारण अनिश्चितकालका लागि वडा सिल गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्