
काठमाडौं, साउन ३० । शुक्रबार पनि सुनको भाउ बढेको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर ९८ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार पनि २४ सयले बढेर ९७ हजार ४ सय कायम भएको थियो ।
चाँदीको भाउ पनि ६० रुपैयाँले बढेर १३ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।
आइतबारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बुधबार एकैदिन ६ हजार दुई सय रुपैयाँले घटेको थियो ।
तर, बिहीबार देखि पुनः उकालो लाग्न थालेको हो ।
रसियाले कोभिड १९ विरुद्धको खोप निर्माण गरेको घोषणापछि सुनमा लगानी गर्नबाट टाढीका लगानीकर्ता विश्व स्वस्थ्य संगठनबाट खोपले स्वीकृती नपाएपछि पुनः सुनमै लगानी गर्न हौसिएको व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्