७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


न्यूजिल्याण्डमा थप १२ दिन लकडाउन


0
Shares

काठमाडौं, साउन ३० । न्यूजिल्याण्डमा हालै लागू गरिएको लकडाउनको अवधि १२ दिनका लागि बढाइएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्डा आर्डनले देशमा धमाधम कोरोना संक्रमितको संख्या बढ्दै गएपछी लकडाउनको अवधि बढाउनुको बिकल्प नभएको बताउनुभएको छ ।

न्युजिल्याण्डको विभिन्न शहरलाई कोरोना महामारीको तीन लेभलमा बिभाजन गरिएको छ ।

जसमा अक्ल्याण्डलाई कोरोना कहरको ३ लेभलमा राखिएको छ भने अन्य शहरहरुलाई २ लेभल भनि पहिचान गरिएको छ ।

यसअघि न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछी ३ दिनका लागि लकडाउन लागू गरिएको थियो ।

यहाँ कुल संक्रमितको संख्या १६ सय २ छ भने २२ जनाको मृत्यु भइसकेको छ ।

न्यूजिल्याण्डमा गत फेब्रुअरीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखापरेपछी लकडाउन गरी कोरोना नियन्त्रणमा लिईएको थियो । (एजेन्सी)