
तस्बिर : रोशन सापकोटा/रासस
काठमाडौं, साउन ३० । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ ।
व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।
शुक्रबारबाट लागु हुने गरी भदौ ७ गतेसम्म यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।
वडा कार्यालयले विज्ञप्ती जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्