७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो


0
Shares

काठमाडौं, साउन ३० । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

थपिएका मृतकमा बाराका दुई तथा मोरङ्ग र सिरहाका एक एक जना हुन् ।

देशमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ९४ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो ।

काठमाडौं उपत्यकामा मात्र एक सय १ सय १९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ८३, ललितपुरका ३० तथा भक्तपुरका ६ जना हुन् ।

हाल सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ४० जनामात्र संक्रमणमुक्त भएका छन् ।

योसंगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७७ रहेको छ । यो ६६ दशमलव ८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ ।

७ हजार ९ सय १३ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै ४ जना भेन्टिलेटरमा तथा ९८ जना आइसीयूमा रहेका छन् ।

१४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.30

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.30#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Friday, August 14, 2020