२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

विराटनगर, साउन ३० । प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना संक्रमित थपिएका हुन ।

संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला छन ।

यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।

यसैबीच प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।