१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री गुरुङद्धारा मन्त्री र सचिवसँग कार्यसम्पादन सम्झौता


0
Shares

पोखरा, साउन ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

आर्थिक वर्ष २०७७/७८ का विकास कार्यक्रम कार्यान्वयन गर्न शुक्रबार मुख्यमन्त्री गुरुङले मन्त्रीहरु र प्रमुख सचिवसँग कार्यसम्पान सम्झौता गर्नुभएको हो ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबारकै बैठकले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्यतालिकासहितको कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको थियो ।

प्रत्येक महिना १० गतेभित्र प्रतिवेदन पेश गर्नु पर्ने, बजेट तथा कार्यक्रमको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने व्यवस्था सम्झौतामा छ ।

असारे विकासको प्रवृत्तिबाट मुक्त गर्न यो सम्झौताले योगदान गर्ने विश्वास पनि मुख्यमन्त्री गुरुङले व्यक्त गर्नुभएको छ ।