
काठमाडौं, साउन ३० । नेपाल धितोपत्र बोर्डले ४ अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको जनाएको छ ।
बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो ।
बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले चालु आर्थिक वर्ष भित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताउनुभयो ।
यस्तै अहिले पनि करिब १ अर्ब बराबरको आइपीओ स्वीकृत भइसकेको पनि उहााँले जानकारी दिनुभयो ।
जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख बराबरको साधारण शेयर निष्काशन हुँदै छ ।
त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख साधारण शेयर निष्काशन हुँदैछ ।
चालु आथिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताउनुभयो ।
हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्