१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा ४६ जना संक्रमित आइसियु र ४ जना भेन्टिलेटरमा


0
Shares

kathmandu corona transmitted

काठमाडौं, साउन ३२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ सय माथी कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार तीमध्ये ४६ जना आइसियु कक्षमा, ४ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १४ जना, बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा ९ जना, पाटन अस्पतालमा ११, त्रिवि शिक्षण अस्पतालमा ५, हाम्स अस्पतालमा ५, धुलिखेल अस्पतालमा र विरेन्द्र शैनिक अस्पतालमा १÷१ जना रहेका छन् ।

पाटनमा र ग्रान्डि अस्पतालमा २÷२ जना भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका अनुसार लक्षण देखिएका संक्रमितलाई आईसियु कक्षमा राखिएको छ ।

कुल संक्रमित संख्याको ९८ जना आइसियु कक्षमा रहेका छन् ।

उपत्यकामा हालसम्म १ हजार ७ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

जसमा सबैभन्दा धेरै काठमाडौंमा १ हजार ४ सय ४१ संक्रमित रहेका छन् ।