
बुटवल, साउन ३२ । बुटवल उपमहानगरपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुटवल उपमहानगरपालिकाका ३ जना कर्मचारीसहित बुटवलमा आइतबार १६ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिनुभयो ।
योसँगै उपमहानगरमा कुल संक्रमितको संख्या ८० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५६ छ ।
शनिबार उपमहानगरका लेखा अधिकृतलाई संक्रमण देखिएकोमा आइतबार प्रशासन र सामाजिक विकास शाखा अधिकृतसहित थप १ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरका तोकिएकाबाहेक सबै सेवा बन्द गरिएको छ ।
अर्को सुचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्