१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आन्तरिक राजस्व कार्यालय ‘सिल’


0
Shares

बाग्लुङ, साउन ३२ । कोरोना संक्रमणको जोखिम बढेपछि बागलुङको आन्तरिक राजस्व कार्यालय सिल गरिएको छ ।

राजस्व कार्यालयमा कार्यरत कर्मचारी संक्रमण भएकी महिलाको सम्पर्कमा आएको खुलेपछि एक साताका लागि कार्यालय सिल गरिएको हो ।

शनिबार मात्र धौलागिरी अस्पतालअगाडि होटल व्यवसाय गर्दै आएकी एक ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

राजस्व कार्यालयमा कार्यरत ६ जना कर्मचारीले सोही होटलमा दैनिक खाना खाने गरेका थिए ।

खाना खुवाउने महिलालाई नै कोरोना संक्रमण देखिएपछि अनलाइन बाहेकका सबै सेवा बन्द गरिएको आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले जानकारी दिनुभयो ।