२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, साउन ३२ । आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका छन् ।
काठमाडौं सपत्यकामा १७२ जना संक्रमित थपिएका छन्।

यो सहित नेपालमा हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो।

त्यस्तै २४ घण्टामा १३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो ।

आइतबार निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ ।

पछिल्लो २४ घण्टामा पर्सा र मोरङमा एकएक गरी २ जनाको मृत्यु भएको छ ।