
काठमाडौं, साउन ३२ । गृहमन्त्री रामबहादुर थापाले लकडाउन गरेर मात्रै समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताउनुभएको छ ।
उहाँले लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको प्रष्ट पार्नुभयो ।
गृहमन्त्री थापाले सीमाबाट नेपाल प्रवेश गर्ने १० वटा नाका तोकेपनि अझैपनि लुकिछिपी आउने क्रम नरोकिएको र यसको नियन्त्रणका लागि अधिकतम प्रयास भैरहेको बताउनुभयो ।
अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको उहाँको भनाई थियो ।
गृहमन्त्री थापाले अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा गरेको उल्लेख गर्नुभयो ।
विपदको समस्या गृहको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको उहांको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्