
सर्लाही, साउन ३२ । सर्लाहीमा पनि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ ।
यसअघि साउन २६ गतेबाट सात दिनका लागि पहिलोपटक जारी गरेको निषेधाज्ञालाई कडाइका साथ पुनः सात दिनका लागि थपिएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले सिफारिस गरेपछि दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
सर्लाहीमा हालसम्म ९ सय ५९ जना कोरोना संक्रमित र एकजनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्