
तस्विर : फाइल
सुनसरी, साउन ३२ । सुनसरी जिल्लालाई भदौ ७ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार बसेको डिस्टिक कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले भदौ ७ गतेसम्म १२ वटै स्थानीय तहमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
यस अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई हिँडडुल गर्न, यातायातका साधन संचालन गर्न, हाटबजार तथा पसल खोल्न पुरै प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयहरुले विद्युतीय सेवा मात्र संचालन गर्न पाउने बताइएको छ ।
सुनसरीमा आजसम्म कोरोना संक्रमितको संख्या तीन सय पुगेको छ भने निको हुनेको संख्या एक सय ४० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्