२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गण्डकी प्रदेशसभा अवरुद्ध


0
Shares

पोखरा, साउन ३२ । सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

आफ्नो मागबारे पटक–पटक सदनमा स्मरण गराउँदा पनि सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो ।

कोराना नियन्त्रणसम्बन्धी प्रस्तुत गरेको चारबुँदे संकल्पमा उल्लेखित विषय तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बाँडफाँटमा सासदबीच समान व्यवहार गर्नुपर्ने समेत कांग्रेसको माग छ ।

यो प्रस्ताव यसअघि संसद्बाट बहुमतले अस्वीकृत भए पनि जनताले भोग्नुपरेका समस्या जस्ताको तस्तै रहेको भन्दै कांग्रेसले माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको छ ।

यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष र समानुपातिक सांसदबीच समान व्यवहार हुनपर्ने कांग्रेसले जनाएको छ ।