१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको बाटोमै मृत्यु


0
Shares

वीरगञ्ज, साउन ३२ । वीरगञ्जमा कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको मृत्यु भएको छ ।

नारायणी अस्थायी विशेष कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरबाट शनिबार डिस्चार्ज भएका वीरगञ्ज महानगरपालिका–१३ मुर्लीका ५५ वर्षीय लालप्रसाद कलवारको घर नपुग्दै मृत्यु भएको हो ।

उनलाई शनिबारमात्रै डिस्चार्ज गरिएको थियो ।

विगत डेढ हफ्तादेखि उपचार गराई रहेका उनको नारायणी अस्पतालको पिसिआर ल्याबमा दोस्रो पटक स्वाब परिक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका इन्चार्ज डा.उदय नारायण सिंहले जानकारी दिनुभयो ।

शरिरमा अक्सिजन कम रहेकाले चिकित्सकले उनलाई अर्को अस्पतालमा भर्ना हुन् सल्लाह दिएका थिए ।