
काठमाडौं, साउन ३२ । उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गर्न बाटो खोलिदिएको छ ।
न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई लगानी बोर्डको सीईओको हैसियतमा कामकाज गर्न बाटो खोलिदिएको हो ।
त्यसअघि आइतबार अदालतमा रिट निवेदक र विपक्षी दुबै पक्षको बहस भएको थियो ।
साउन २७ गते मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भने भट्टलाई सीईओको हैसियतमा काम गर्न नदिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसार लगानी बोर्डको सीईओका लागि भट्टको योग्यता नपुगेको र स्वच्छ छविको पनि नभएको भनी अधिवक्ता जयबहादुर भुजेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, भट्ट र सीईओ सिफारिश समितिलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
यद्यपि, उच्च अदालतले मुद्दालाई अग्राधिकार दिन आदेश पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्