१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली, देउवा र दाहालबीच संवाद


0
Shares

kp oli deuba prachanda baluwatar

काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जानु भएको हो । छलफलमा नेकपा अध्यक्ष दाहाल पनि सहभागी हुनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको आमन्त्रणमा बालुवाटार पुग्नुभएका सभापति देउवाले नेता रमेश लेखकलाई पनि लिएर जानुभएको छ ।

नेताहरुबीच संवैधानिक आयोगहरु, विश्वविद्यालयलगायतमा रोकिएका नियुक्तिका बारेमा छलफल केन्द्रित रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेमा पनि नेताहरुबीच छलफल केन्द्रितरहेको जनाइएको छ ।