१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रातो मच्छिन्द्रनाथमा पूजा गर्नेको भिड


0
Shares

काठमाडौं, भदौ १ । कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँ मै पुगेर पूजाआजा गरेका छन् ।

साउन १० गते नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको सुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो ।

रथमा बिराजमान गराएको चार दिन पछि रथजात्रा गर्नुपर्ने भएपनि कोरोना संक्रमणको जोखिमका कारण रथजात्रा रोकिएको थियो ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने प्रचलन रहेको छ ।

तर यस वर्ष कोभिड—१९ का कारण ढिला गरी राथारोहण गराइएपनि रथजात्रा निकालन सकिएको छैन् ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत नाग पञ्चमिको दिन परेको थियो ।

सोही दिन नै मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो ।

तरपनि रथजात्रा निकाल्न नसकिएपछि स्थानीयहरु पुल्चोकस्थित रथारोहण गराइएको ठाउँमै पुगेर दैनिक पूजाआजा गर्दै आएका छन् ।

यसरी पूजाआजा गर्न जाने भक्तालुहरु बढ्दै गएपछि हिजो आज भिडभाड देखिएको छ ।