२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


काठमाडौं उपत्यकामा १६८ सहित ५८१ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो


0
Shares

काठमाडौं, भदौ १ । नेपालमा कोरोना संक्रमितमध्ये मृत्युहुनेको संख्या १०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रौतहट, मोरङ र काठमाडौंमा गरी थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयो ।

यो सँगै संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

सोमबार संक्रमित हुनेमध्ये काठमाडौ उपत्यकाका मात्रै १६८ जना रहेका छन् ।

काठमाडौंका १०९, ललितपुरा १५ र भक्तपुरका १४ जना रहेका छन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १६० जना डिस्चार्ज भएको जानकारी दिनुभयो ।

यो सँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ जना रहेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.01

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.01#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Monday, August 17, 2020