
काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।
सोमबार अपरान्ह् बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि नतिजा प्रकाशित गरिएको हो ।
गत ६ चैतका लागि निर्धारित एसईई कोरोना (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगित भएको थियो ।
परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।
विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।
जिल्ला समन्वय ईकाई मार्फत विद्यार्थीको मूल्यांकन बोर्डमा आइपुग्न ढिला हुनु तथा कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न नसकेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
बोर्डका अनुसार ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी भएकोमा ४ लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ ।
बाँकी परीक्षार्थी अयोग्य भएका छन् गत वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए ।
प्रतिक्रिया दिनुहोस्