१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लकडाउनको मोडालिटी परिवर्तन हुनसक्ने, कार्ययोजना पेश गर्न सीसीएमसीलाई मन्त्रिपरिषदको निर्देशन


0
Shares

cabinet meeting bamdeb gautam recommendation for national assembly

काठमाडौं, भदौं २ । सरकारले हाल जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल चलाएको छ ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि योजना पेश गर्न सिसिएमसीलाई निर्देशन दिएको हो ।

कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै मन्त्रीहरुले फेरि लकडाउन गर्नुपर्ने राय राखेपछि प्रधानमन्त्री केपी ओलीले रोकथामका लागि उपाय पेश गर्न निर्देशन दिनुभएको एक मन्त्रीले जानकारी दिनुभयो ।

सीसीएमसीका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सुझाव पेश गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।

बैठकले युवा तथा साना व्यवसाय स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोका र प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।

काउन्सिलको नियमावली संशोधन गरेर केही दिनअघि मात्र नियुक्त भएकी भण्डारीलाई जिम्मेवारी दिइएको हो ।

बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरू तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिश गरेको मन्त्री ती मन्त्रीले जानकारी दिनुभएको छ ।