
काठमाडौं, भदौं २ । गृहमन्त्री रामबहादुर थापाको स्कर्टिङमा रहने सुरक्षाकर्मीको अगुवा गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
मन्त्री थापालाई ड्युटी लिन हिँडेको गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुटरलाई ठक्कर दिँदा दुई महिला घाइते भएका हुन् ।
नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको अगुवा जीपले बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुजा थापा घाइते भएका हुन् ।
उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् ।
जीप चालक महानगरीय प्रहरी वृत सिंहदरबारको नियन्त्रणमा छन् । बाजुरातर्फ जान लागेका गृहमन्त्री रामबहादुर थापा विमानस्थलसम्म स्कर्टिङका लागि उक्त गाडी पुल्चोक जाँदै गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्