
काठमाडौं, भदौ २ । विश्वव्यापी महारमारीको रुपमा फैलिएको कोरोना (कोभिड—१९) का कारण होस्टेल व्यवसाय संकटमा परेको छ ।
हरेक वर्ष ५० हजार बढि विद्यार्थीहरुलाई सेवा दिँदै आएको निजी क्षेत्रका होस्टेल व्यवसायीहरु कोरोनाको चपेटामा परेका हुन् ।
संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउनपछि व्यवसाय ठप्प छ ।
होस्टेलमा विद्यार्थी नहुँदा र सरकारले समेत समस्या सम्बोधन नगर्दा घरभाडा तिर्न नै समस्या भएको व्यवासायीहरुको भनाई छ ।
अहिले सबैभन्दा ठूलो समस्या घरभाडा तिर्नु रहेको नेपाल होस्टेल एशोसिएसनका अध्यक्ष भक्ति पाठकले बताउनुभयो ।
देशभरी १५ सय होस्टल व्यवसाय सञ्चालनमा रहेका छन ।
जसमा ८ हजार बढी कर्मचारी र १५ हजार व्यवसायीका आश्रीत परिवार छन ।
सवा अर्ब भन्दा बढी लगानी रहेको व्यवसायमा कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
होस्टेल सञ्चालनपूर्ण ऋण लिएका १५ प्रतिशत व्यवसायीहरु रहेको उहाँले बताउनुभयो ।
होस्टेल सञ्चालन पछि विद्यार्थीहरुले समेत समयमा शुल्क नदिँदा सञ्चालन खर्च जुटाउन समेत ऋण लिने व्यवसायीहरुको संख्या ठूलो छ ।
कोरोनाले होस्टेल व्यवसायी पलायन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
सरकारले सहुलित दरमा ऋण उपलब्ध गराएर राहत दिए व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने नभए पलायन हुदै जाने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्