२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ट्रम्पले विभाजन र बिग्रह मात्रै गरेः मिशेल ओबामा


0
Shares

us president election mishel obama joe biden trump

एजेन्सी, भदौं २ । अमेरिकाकी पूर्व प्रथम महिला एवं डेमोक्रेट पार्टीकी प्रभावशाली व्यक्ति मिशेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभाजन र बिग्रह मात्रै गरेको भन्दै कटाक्ष गर्नुभएको छ ।

डेमोक्रेट पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मिशेलले ह्वाइटहाउसले नागरिकलाई एकीकृत र अप्ठ्यारोमा सजिलो नेतृत्व प्रदान गर्नु पर्नेमा ट्रम्पबाट त्यस्तो हुन नसकेको आरोप लगाउनुभयो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रामक रुपमा पेश हुनुभएको मिशेलले भन्नुभयो, ‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन् ।’

आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गर्न शुरु भएको पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारी र तथ्यलाई बेवास्ता गर्दा अर्थतन्त्र खराब भएको उहाँले बताउनुभयो ।

निकै भावुक रप्मा प्रस्तुत हुनुभएका उहाँले ‘ब्ल्याक लाइफ म्याटर्स’ लाई अझै पनि देशको सर्वोच्च कार्यालयले उपहास गरिरहेको भन्दै आपत्ति जनाउनुभयो ।

मिशेलले पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनलाई भने ‘अति नै सभ्य मानव’ भन्दै उहाँलाई मत दिन अपील गर्दै भन्नुभयो, ‘हामीले जो बाइडेनलाई भोट गर्नु पर्छ यसमै हाम्रो जीवन अडिए जसरी।’

आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावमा जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्ससँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।