
काठमाडौं, भदौ २ । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक पुरुष तथा तनहुँकी एक महिला गरी ७ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
योसँगै मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६१ जनामा गरिएको पीसीआर परीक्षणमा थप एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
यो अहिलेसम्मकै उच्च हो । यो सँगै संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । हाल देशभर १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्