२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्वोच्चका थप एकजना कर्मचारीमा कोरोना संक्रमण


0
Shares

काठमाडौं, भदौ २ । सर्वोच्च अदालतका एक कर्मचारीमा मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।

सर्वोच्च अदालतमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशको सुरक्षाकर्मी गरी दुई जनामा कोरोना पुष्टि भएको थियो ।

यो सँगै सर्वोच्च अदालतमा तीनजना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

कोरोना (कोभिड–१९) को महामारीका बेला तीनजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि न्यायलयमा काम गर्ने कर्मचारमिा त्रास बढेको छ ।

त्रास बढेसँगै अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय यसअघि नै गरिसकेको छ । रासस