
सर्लाही, भदौ २ । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गए पनि सर्लाहीमा आईसीयू र भेन्टिलेटरको अभाव रहेको छ ।
समुदाय स्तरमै संक्रमण फैलीए पनि उपकरण खरिद तथा जनशक्ति व्यवस्थापन नगर्दा जोखिम झनै बढेको हो ।
कोरोना संक्रमित तथा गम्भीर बिरामीलाई जनकपुर, बिरगन्ज, काठमाडौं, चितवन, विराटनगर र धरानलगाएतका ठाउँमा उपचार गर्नु लैजानुपर्ने बाध्यता रहेको छ ।
सर्लाहीमा जिल्ला अस्पताल सहित ५ प्राथमिक स्वास्थ्य चौकी र ९४ स्वास्थ्य चौकी रहेका छन् ।
ती सबैमा आईसियू र भेन्टीलेटरको अभाव रहेको छ ।
उता जिल्लाको लालवन्दी नगरपालिकास्थित सर्प दंस उपचार केन्द्रमा रहेको भेन्टिलेटर र आइसियु समेत जनशक्तिको अभावमा संचालन गर्न नसकिएको उपचार केन्द्रका अध्यक्ष बोध राज काफ्लेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्