२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन


0
Shares

काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन भएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा काठमाडौंको कपुर धारास्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँ केही दिन देखि अस्वस्थ हुनुहुन्थ्यो ।

घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो ।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका उहाँ कुशल गीतकार पनि हुनुहुन्थ्यो ।

घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनु भएको थियो । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन ।

घिमिरेले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनु भएको थियो ।

उहाँको कृति मध्ये नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले, (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।