२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, भदौ ३ । बुधबार थप ६८१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९३८ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन् ।

योसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ।

विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ५ लाख ५४ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै हालसम्म मृतक १२० जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.03

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.03#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Wednesday, August 19, 2020