२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओबामा र बाइडेनमाथि ट्रम्पको आक्रोशः ‘बाइडेन र ओबामाले राम्रो काम गरेको म राष्ट्रपति नै हुन्नथे’


0
Shares

trump obama biden president election

एजेन्सी, भदौ ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र आसन्न राष्ट्रपति निर्वाचनका प्रत्याशी जो बाइडनमाथि आक्रोश पोखेका छन् ।

ह्वाइट हाउसबाटै पूर्वराष्ट्रपति ओबामा र आफ्ना प्रतिष्पर्धी बाइडनको तीखो आलोचना गर्दै ट्रम्पले उनीहरुले राम्रो काम गरेको भए म राष्ट्रपति नै बन्दैन थिए भन्नुभएको हो ।

बाराक ओबामाले एक सम्मेलनमा गरेको आलोचनाका सन्दर्भमा सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो, ‘मैले उसले छोडेको डरलाग्दो दृश्य देख्छु, उनले मुर्खताको लेनदेन गरे । उनी ‘यति अप्रभावी र आपत्तिजनक’ थिए । उनले राम्रो काम गरेनन्, यसैको परिणामस्वरुप म राष्ट्रपति भएको हुँ । जो बाइडेन र ओबामाले राम्रो काम गरेको भए म यहाँ हुँदैनथे ।’

अरुलाई निर्धक्क आलोचना गर्न माहिर ट्रम्पले भन्नुभयो, ‘म अब आउने मेरो समयमा धेरै खुशी हुनेछु, उनीहरूले यस्तो खराब काम गरे, जसले गर्दा म तपाईहरूको अगाडि राष्ट्रपति भएको छु ।’

यता, पूर्व राष्ट्रपति ओबामाले भने ट्रम्पले राष्ट्रपति पदलाई रियालिटी शो बनाएको भन्दै कडा टिप्पणी गर्नुभएको छ ।