९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०० सहित ७०७ जनामा कोरोना संक्रमण, मृतकको संख्या १२६ पुग्यो


0
Shares

काठमाडौं, भदौ ४ । नेपालमा कोरोना संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका दुई पुरुष र १ महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

योसँगै मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

यो सँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

बिहीबार संक्रमित हुनेमा काठमाडौं उपत्यकाका मात्रै २०० जना रहेका छन् ।

जसमा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २६४ जना निको भएर डिस्चार्ज भएको जानकारी दिनुभयो ।

योसहित निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ भने ११ हजार ५ सय ५५ जना आइसोलेसनमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.04

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.04#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, August 20, 2020