२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रदेश १ मा ४२ जना संक्रमित थपिए


0
Shares

विराटनगर, भदौ ४ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये १३ महिला र २९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा एक–एक जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ९७ पुगेको छ ।

प्रदेश १ बिहीबार १८ जना डिस्चार्ज भएका छन् ।