
जिल्ला ब्युरो, भदौ ४ । कोरोना संक्रमण बढ्दै जाँदा पनि भारतसँगको सीमा नाकामा खासै कडाइ गरिएको छैन ।
भारतबाट निर्वाध रुपमा नागरिकहरु नेपाल प्रवेश गराइएको पाइएको हो ।
अधिकांश नाकाहरुमा प्रवेश गर्नेहरुको सामान्य ज्वरो नापेर आउन दिइएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकामा नागरिकहरुलाई सामान्य ज्वरो मात्र नाप्ने गरिएको छ ।
प्रशासनले सम्बन्धित स्थानीय तहको क्वारेन्टीनमा बस्ने गरी नागरीकलाई पठाउँदै आएको छ ।
बाँकेको रुपैडिहा नाकाबाट भित्रिनेहरुलाई पनि सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर जिल्लामा पठाउने गरिएको छ ।
प्रशासनले लक्षण देखिएकाहरुलाई भने क्वारेनटाईनमा राख्दै आएको छ ।
रुपैडिहा नाकाबाट दैनिक दुई सय व्यक्ति नेपाल भित्रदै आएका छन् भने लकडाउन सुरु भएदेखि ६१ हजार बढी नाकाबाट नेपाल प्रवेश गरेका छन् ।
यता कैलालीको गौरीगञ्ज नाकाबाट पनि स्थानीय तहको क्वारेन्टिनमा बस्ने गरी सामान्य परीक्षण गरेर जिल्ला भित्र्याइएको छ ।
मोरङको रानी नाकामा भने नेपाल प्रवेशमा कडाइ गरिएको छ ।
कोरोना त्यस्तै पर्सामा संक्रमितको संख्या ह्वात्तै बढेसँगै रक्सौल नाकाबाट भने आवत–जावतमा रोक लगाइएको छ ।
मुख्य नाकामा केही कडाई गरे पनि लुकी छिपी नेपाल प्रदेश गर्ने क्रम भने रोकिएको छैन ।
भारतमा संक्रमण बढ्दै गएपछि रोजगारीका लागि गएका नेपालीहरु उखुवारीको बाटो प्रयोय गर्दै स्वदेश फर्कने गरेको स्थानीयले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्