
काठमाडौं, भदौ ४ । गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले विहिबार विज्ञप्ती जारी गरी उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाकाबीच आधारभुत्त बैकिङ सेवा नरोक्न निर्देशन दिएको हो ।
मन्त्रालयले आधारभूत बैंकिङ सेवाका लागि नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो ।
बिहीबार काठमाडौं उपत्यकामा प्रहरीले बैंकका कर्मचारीहरुलाई कार्यालय जाने क्रममा रोकेपछि नेपाल बैंकर्स संघले बैंकका शाखा नखोल्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्