
काठमाडौं, भदौ ४ । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले सकरात्मक रह्यो ।
कारोबार भने खुम्चियो । उतारचढावबीच बजार परिसूचक नेप्से ६ अंकले उकालो लागेर १३ सय ९७ पुग्यो ।
यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो ।
यसदिन जीवन बिमा समुह सबैभन्दा उच्च ५६ अंकले उक्लियो ।
नीर्जिवन बिमा समुह, उत्पादनमुलक व्यापार र लघुवित्त समुह दोहोरो अंकले उकालो लाग्दा होटल र सामुहिक लगानी कोष समुह सामान्य अंकले रातो रह्यो ।
यसदिन समृद्धि फाईनान्स कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउदा जोशी हाईड्रोपावर कम्पनी लिमिटेडले भने गुमायो ।
साधना लघुवित्त संस्थाको सबैभन्दा बढी पटक कारोबार भएको छ भने टर्नओभरमा नेको इन्सोरेन्स कम्पनीको अग्रस्थानमा आएको छ ।
यसदिन १ सय ८२ कम्पनीको १२ लाख १४ हजार कित्ता शेयर ३९ करोड ३१ लाखमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्