
काठमाडौं, असार २ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव नेपालले सरकारले ल्याएको गुठी विधेयक तत्काल फिर्ता लिनुपनेृ बताएका छन् ।
सिंहदरवारमा काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँगको छलफलमा उनले जनताले अस्वीकार गरेको विधेयक फिर्ता लिनुको विकल्प नभएको बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले विधेयकबारे छलफल गर्न बोलाएपछि काठमाडौं उपत्यकाका नेकपाका सांसदहरुले पूर्व प्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य नेपालसँग छलफल गरेका हुन् ।
छलफलका बारेमा जानकारी दिँदै नेपाल निकट नेता विष्णु रिजालले असामाजिक सञ्जालमार्फत् सांसदहरुसँग भएको भेटका बारेका उल्लेख गरेका छन् ।
उनले नेकपाका बरिष्ठ नेता, पूर्वप्रधानमन्त्री तथा काठमाडौं–२ का सांसद माधवकुमार नेपालले प्रस्तावित गुठी विधेयकबारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गरेको बताएका छन् ।
दिउँसो १ बजेदेखि साढे २ बजेसम्म सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण विधेयकका कारण जनतामा आक्रोश पैदा भएको बताएको पनिउनले जनाएका छन् ।
विधेयक तत्काल फिर्ता लिनका लागि पहल गर्न बरिष्ठ नेता नेपाललाई आग्रह गरेको जानकारी दिँदै रिजालले विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिने र सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदहरुले जोड दिएको, उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्