१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तारे होटलहरु पनि तोकिए क्वारेन्टिनस्थल, दैनिक १८ सयदेखि ९ हजारसम्म शुल्क तिर्नुपर्ने


0
Shares

quarantin hotel price

काठमाडौं, भदौं ५ । सरकारले विदेशबाट फर्किने कामदार राख्न होटल क्वारिन्टिनहरु तोक्दै शुल्क पनि निर्धारण गरेको छ ।

विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने भनिएको छ । क्वारिन्टनका लागि पर्यटक स्ट्याण्डर्डदेखि पाँच तारे होटलसम्म तोकिएका छन् ।

विदेशबाट फर्किनेले एउटा कोठाको प्रतिदिन १५ सयदेखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । जसमा खाना खाजाको खर्च पनि जोडिएको छ ।

पाँच तारे होटलमा बस्ने एक दिनको ९ हजार तथा पर्यटकस्तरको होटलले १८ सय तिर्नुपर्ने छ । तर १८ सय दुई जना बस्दा हो । सिंगल बस्दा भने २८ सय पर्नेछ ।

सरकारले विदेशबाट यात्रुको उद्धार शुरु गर्ने निर्णय गरेसँगै होटल क्वारिन्टिनको सूची सार्वजनिक गरेको हो ।